चक्रपथ, महाराजगंजमा रहेको स्किम्स पब्लिक स्कूलले ‘सांस्कृतिक पोशाक प्रतियोगिता’ सम्पन्न गरेको छ ।
शुक्रबार स्कूलकै प्रांगणमा एक कार्यक्रमको आयोजना गर्दै सांस्कृतिक पोशाक प्रतियोगिता सम्पन्न गरेको हो ।
कार्यक्रममा विद्यालय व्यबस्थापन टिम, शिक्षक, शिक्षिका, विद्यार्थी एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कक्षा/कक्षा विच प्रतियोगिता गरिएको थियो । जसमा विभिन्न जात, समुदायको प्रतिधित्व गर्दै विद्यार्थीहरुले स्टेजमा र्याम्प वाक गरेका थिए ।
विजयी विद्यार्थीहरुलाई सोही दिन पुरस्कृत गरिएको विद्यालयका प्रिन्सिपल आर.पी. खतिवडाले बताउनु भयो । सांस्कृतिक पोशाकको महत्वलाई अझ बढवा दिनका लागि विद्यार्थीहरु विच प्रतियोगिताको आयोजना गरिएको खतिवडा भन्नुहुन्छ ।
प्रतियोगिता दिउसो २ बजेदेखि बेलुका ५ बजेसम्म चलेको थियो ।
सोही प्रतियोगितामा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले स्किम्स पब्लिक स्कूलका प्रिन्सिपल आर.पी. खतिवडासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।