बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

कर्णाली प्रदेशसभा बैठक एमालेद्वारा अवरुद्ध


  • शुक्रबार, असार ११ २०७८
11.7K
SHARES

फाइल तस्विर

कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १२ औँ बैठक कार्यसूचीमै प्रवेश गर्न नपाई अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको हो । सदन नै चल्न नसकेर तेस्रो पटकसम्म स्थगित गरिएको बैठक आज बसेको थियो । तर, प्रतिपक्ष दलले प्रवेश नै गर्न नदिएर रोष्टममा उभिएपछि असार १३ गते दिउँसो २ बजेका लागि बैठक स्थगित गरिएको छ ।

एमालेले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने बताएको छ । एमालेका प्रमुख सचेतक गुलाबजङ्ग शाहले सदनमा एमाले दुईवटा नभएकाले एमाले सरकारमा नरहेको बताए । तर, खनाल–नेपाल समुहका सरकारमा रहेका ३ जना मन्त्रीहरुले एमाले सरकारमा रहेको दावी सहितका समाचार सामाग्री आएको र यो विषयले निकास पाउनुपर्ने बताए । एमालेले संसदमा उठाएका राजनीतिक मुद्दाहरुतर्फ सरकारले ध्यान किन दिएन भन्दै उनले प्रश्न समेत गरे ।

नेकपा एमाले सरकारमा नरहेकाले केही व्यक्तिले एमालेका नाममा वदनाम गराउने काम भएको उनले बताए । साथै एमालेको आन्तरिक विवादले संसद अवरुद्ध भन्ने विषयबारे समेत उनले प्रश्न उठाए । यसअघि गत शुक्रबार र आइतबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो भने मंगलबारका लागि आह्वान गरिएको बैठक पनि सुरु नै नभएर स्थगित भएको हो । असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट प्रस्तुत गरेयता कर्णाली प्रदेशसभाको बैठक सहज रुपमा चल्न सकिरहेको छैन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा