शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आन्तरिक वायुसेवा कम्पनीले थाले टिकट बुकिङ


  • शुक्रबार, असार ११ २०७८
7K
SHARES

फाइल तस्विर

आगामी १७ असारबाट हुने नियमित उडानका लागि आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ थालेका छन् । बुद्ध एयर र यति एयरलाइन्सले टिकट बुकिङ शुरु भएको जानकारी गराएका छन् ।

सरकारले साविकको तुलनामा ५० प्रतिशत पनि ननाघ्ने गरि उडान संख्या तय गरि आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो । सरकारले एक साताको समय राखी १ जुलाईबाट उडान गर्न अनुमति दिएको हो ।

कम्पनीहरुका अनुसार यात्रुले टिकट काट्न मोवाइल एप, वेवसाइट, रिजर्भेसन, नजिकको सेल्स काउन्टर वा ट्राभल एजेन्सीबाट समेत सक्ने भएका छन् । सरकारले निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउने गरि निषेधाज्ञा खुकुलो बनाएको छ ।

यससगै वायुसेवा कम्पनीलाई उडान सुूचारु गर्न समेत बाटो खुलेको हो । यति एयरलाइन्सका अनुसार कम्पनीले स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको पूर्ण पालना गरि उडान थाल्ने छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा