शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

माइक्रोसफ्टको विन्डोज ११ सार्वजनिक हुँदै, यी हुन् मुख्य परिवर्तन


  • शुक्रबार, असार ११ २०७८
12.3K
SHARES

फाइल तस्विर

सन् २०२५ देखि विन्डोज १० बन्द गर्ने घोषणा गरेको माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको विन्डोज अपरेटिङ सिस्टम विन्डोज ११ यही हप्ता सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

जुन २४ अर्थात् आगामी बिहीबार हुने माइक्रोसफ्टको एक विशेष समारोहमा विन्डोजको नयाँ भर्सन सार्वजनिक हुनेछ जसलाई माइक्रोसफ्टले विन्डोज अपरेटिङ सिस्टममा भएको अहिलेसम्मकै ठूलो अपडेट भनेको छ । उक्त सार्वजनिकीकरण समारोहलाई माइक्रोसफ्टको युट्युब च्यानलमार्फत् विश्वका करोडौँ प्रयोगकर्ताहरुले प्रत्यक्ष हेर्न पाउनेछन् ।

नयाँ संस्करणको विन्डोज सार्वजनिक हुनु अगावै त्यसका कतिपय फिचरहरु लिक भैसकेका छन् । विभिन्न विस्तस्तरीय प्रविधि सम्बद्ध वेबसाइटहरुले विन्डोज ११ का विषयमा खुलासाजन्य समाचाहरु प्रकाशित गरिसकेका छन्, जसले विन्डोज ११ मा प्रयोगकर्ताहरुले नयाँ कुरा के पाउनेछन् भन्ने लगभग प्रष्ट भैसकेको छ ।

कतिपय वेबसाइटहरुबाट विन्डोज ११ को उक्त लिक्ड भर्सन डाउनलोडसमेत गर्न सकिन्छ ।

स्टार्ट मेनुमा परिवर्तन

कम्प्युटरको स्टार्ट मेनु सबै विन्डोज प्रयोगकर्ताका लागि हब हो । माइक्रोसफ्टले नयाँ अपरेटिंग सिस्टममा स्टार्ट मेनुमा केही परिवर्तन गरेको छ ।

स्टार्ट मेन्यूलाई कम्प्युटर स्क्रिनको हालको देब्रे कुनाबाट टास्कबार सहित बीच भागमा ल्याइएको छ । तर प्रयोगकर्ताका लागि स्टार्ट मेनु देब्रे भागमै राख्ने अप्सन पनि उपलब्ध हुनेछ ।

लोगोमा परिवर्तन

विन्डोज ११ का सबैजसो आइकनहरु रिडिजाइन गरिएको छ जसले यो अपरेटिङ सिस्टमलाई नयाँ लुक्स दिनेछ । आइकनहरुलाई बढी रंगीन बनाइएको छ । विन्डोजको विद्यमान लोगोमा पनि केही परिवर्तन गरिएको छ ।

maximize बटनमा परिवर्तन

विन्डोज ११ मा प्रयोगकर्ताले maximize बटनमा क्लिन गर्दा विन्डोज लक अप्सन पनि प्राप्त गर्नेछन् । साथै म्याक्सिमाइज आइकनभित्रै एकसाथ विभिन्न विन्डोजहरुलाई डेस्कटपमा साइड बाइ साइड खोल्ने र मिलाएर राख्ने अप्सन पनि हुनेछ ।

एक्सबक्सको नयाँ एप

विन्डोज ११ मा नयाँ एक्सबक्स एप हुनेछ जसले प्रयोगकर्तालाई सिधै गेमपास तथा अन्य एक्सबक्स सोसल फिचरहरुमा पहुँच हुनेछ ।

विन्डोज स्क्रिनको विद्यमान तिखो कर्नरलाई परिवर्तन गरी विन्डोज ११ मा स्क्रिनको तिखो छेउलाई राउन्डेड बनाइएको छ ।

विन्डोज १० प्रयोगकर्ताका लागि निःशुल्क रुपमा विन्डोज ११ को अपडेट प्राप्त हुने पनि बताइएको छ ।

विन्डोज ११ लाई माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टमको अहिलेसम्मकै ठूलो अपडेट हुने दाबी गरेको छ ।

लिक भएको विन्डोज ११ का विषयमा उसले आधिकारिकरुपमा केही बताएको छैन । त्यसैले विन्डोज ११ का सबै आधिकारिक फिचरहरुबाट थाहा पाउनका लागि आगामी बिहिबारसम्म पर्खनैपर्ने हुन्छ ।

एजेन्सी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा