नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभित्र विदेशी शक्तिको चलखेल हुन नपाओस् भनेर पाँच पूर्वप्रधानमन्त्रीले सामूहिक अपिल गरेको प्रष्टीकरण दिएका छन् ।
विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उनले परिस्थिति गम्भीर भएकै कारण आफूहरुले सामूहिक अपिल गरेको बताएका हुन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले सामूहिक वक्तव्य निकालेर नेपालका बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने बताएका थिए ।
‘यहाँ प्रत्यक्ष वा परोक्ष विदेशी चलखेल हुन नपाओस् भनेर हामीले अपिल गरेका हौं’ उनले भने, ‘परिस्थिति गम्भीर नभई त्यो गरेको होइन ।’
मुलुकको पछिल्लो अवस्थाबारे नागरिकलाई जानकारी गराउनै पर्ने भएको भन्दै प्रचण्डले पाँच पूर्वप्रधानमन्त्रीले त्यसलाई आफ्नो जिम्मेवारी ठानेको बताए ।
‘हामी छिमेकीसँग राम्रो अपिल होस् भन्ने चाहन्छौं । तर अनावश्यक चलखेल हामीलाई सह्य छैन’ उनले भने, ‘नेपालको मनोविज्ञान नेपालको संस्कार त्यस्तो होइन ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।