सेयर बजारमा हुने अस्वभाविक उतारचढावलाई रोक्न भन्दै नेपाल धितोपत्र बोर्डले मूल्य परिवर्तन सीमा कम गराएको छ । अहिले सेयर बजार खुल्नु अघि १०ः३० बजेदेखि १०ः४५ सम्म प्रिओपस सेसन खुला हुन्छ ।
यो समयमा ५ प्रतिशतसम्म घटबढ गराएर सेयर मूल्य किनबेच गर्न सकिने विद्यमान व्यवस्थालाई घटाएर बोर्डले २ प्रतिशत बनाएको छ । अब प्रिओपनमा २ प्रतिशत भन्दा बढी मूल्य बढ्ने छैन । बोर्डले न्युनतम मूल्य परिवर्तन सीमालाई पनि घटाएको छ ।
हाल एक रुपैयाँ सेयर मूल्य परिवर्तन हुनेमा बोर्डले घटाएर १० पैसा बनाएको छ । अब सेयर मूल्य १० पैसादेखि बढ्न वा घट्न सुरु हुनेछ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।