ललितपुर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न बोलाइएको नगरसभा बैठक बहुमत सदस्यले बहिस्कार गरेका छन् । बिहीबार विहान ११ बजेका लागि बोलाइएको नगरसभा बैठक नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका जनप्रतिनिधिले बहिस्कार गरेका हुन् ।
ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले बुधबार नीति तथा कार्यक्रममाथि छलफल गर्न नदिएकाले आफूहरुले बजेट बहिस्कार गरेको बताए । ललितपुरको नीति तथा कार्यक्रम बुधबार नगरसभामा पेश भएको थियो । मेयर चिरिबाबु महर्जनले छलफल नगरी पारित गर्ने अडान राखेको भन्दै एमाले र माओवादी केन्द्रबाट निर्वाचित नगरसभा सदस्यहरुले असन्तुष्टि जनाएका थिए ।
ललितपुरमा मेयर, उपमेयर र १० वटा वडाका वडाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित छन् । महानगरका २९ वडामध्ये १४ वटामा नेकपा एमाले र ४ वटामा नेकपा माओवादी केन्द्र विजयी भएको थियो । त्यस्तै एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।
नगर कार्यपालिकाका ३९ सदस्यीयमध्ये २६ जना मेयरको विपक्षमा रहेको वडा नम्बर ३ का वडाध्यक्ष महर्जन बताउँछन् । मेयरको पक्षमा १३ जनामात्रै छन् ।
नगर कार्यपालिकामा मात्र होइन नगरसभामा पनि मेयर महर्जनको बहुमत छैन । वडाध्यक्ष श्रीगोपाल महर्जनका अनुसार ललितपुरमा एमाले र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले सँगै नगरसभा बहिस्कार गरेको बताए । नगरसभामा बहुमत नभएका कारण बुधबार नगरसभामा पेश भएको नीति तथा कार्यक्रम पनि पारित भएको छैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।