बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

संसद विघटन मुद्दा : रिट निवेदकका तर्फबाट शुक्रबारसम्म बहस सक्ने तयारी


  • बिहिबार, असार १० २०७८
10.3K
SHARES

फाईल तस्बिर

प्रतिनिधिसभा विघटनको मुद्दामा काँग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदको रिटमा बुधवार ५ जना कानुन व्यवसायीले बहस गरे । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, महादेव यादव, अधिवक्ता खम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीले ४ घण्टा बहस गरेका छन् ।

बुधवार गोविन्द शर्मा बन्दीले ४० मिनेट बहस गरे । अधिवक्ता खातीले २० मिनेट, बरिष्ठ अधिवक्ता महादेव यादवले आधा घण्टा, बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले १ घण्टा र शम्भु थापाले १ घण्टा ३० मिनेट बहस गरे ।

रिट निवेदकका लागि संवैधानिक इजलासले सुरुवाती बहसका लागी १२ घण्टाको समय दिएको छ ।

सरकार पक्षको बहस सकिएपछि निवेदक पक्षले पुन ः थप ३ घण्टा प्रत्युत्तर लगाउन पाउने गरी सर्वोच्च अदालतको संवैधानिक इजलासले समय तोकेको छ ।

बिहिबार बरिष्ठ अधिवक्ता हरिहर दाहाल, रमन कुमार श्रेष्ठ, शेर बहादुर केसी, अधिवक्ता डा. दिनमणी पोखरेल, बरिष्ठ अधिवक्ता तुलसी भट्ट, वोर्णबहादुर कार्की लगायतले बहस गर्दैछन् । शुक्रबार अधिवक्ता टिकाराम भट्टराई, सुनिल पोखरेल र भिमार्जुन आचार्यले बहस गर्नेछन् ।

देउवाको तर्फबाट २ सय ६९ जना कानुन व्यवसायीले वकालत नाम बुझाएका छन् । वकालतनामा सँगै कानुन ब्यवसायीलाई बहस नोटमा पनि हस्ताक्षर गराइएको छ । वकालतनामा बुझाएका कानुन ब्यवसायी मध्येबाट इजलासले दिएको समयसिमा भित्र छानिएका कानुन व्यवसायीले बहस गर्नेछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा