बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

सडक आन्दोलनमा उत्रने विपक्षी गठबन्धनको निर्णय


  • बिहिबार, असार १० २०७८
11K
SHARES

फाईल तस्बिर

विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले भौतिक दूरी कायम गर्दै देशका प्रमुख सहरहरुमा सडक प्रदर्शन गर्ने निर्णय गरेको हो ।

सडक आन्दोलनका लागि केन्द्रमा संयोजन समिति बनाउने र भ्रातृ संस्थाहरुलाई परिचालन गर्ने विषयमा पनि छलफल भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत उपस्थित बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा भएको थियो ।

‘आन्दोलन गर्ने विषयमा छलफल सुरु भएको छ । संविधानविरोधी कदमको सडकबाटै विरोध गर्नुपर्छ भन्नेमा एकमत छौ’, बैठकमा सहभागि एक नेताले भने । ती नेताका अनुसार विहीबारदेखि नै विपक्षी दलसम्बद्ध भ्रातृ संस्थाहरुले सरकारविरुद्ध प्रदर्शन थाल्नेछन् ।

बैठकले प्रदेश सरकारहरुमा भएको सहकार्य निरन्तर राख्ने र अपूर्ण मन्त्रिपरिषदहरुलाई तत्काल पूर्णता दिने सहमति पनि गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा