कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा आजदेखि थप खुकुलो भएको छ ।
आजदेखि निजी सवारी साधन जोर बिजोर प्रणालीमा चलाउन पाइने भएपछि सडकमा सवारी चाप बढेको छ । बार अनुसार पसल समेत सञ्चालन गर्न दिइएपछि बजार पसल खुला भएका छन् ।
आजदेखि खाद्यान्न, फलफूल र तरकारी पसल हरेक दिन ११ बजेसम्म खोल्न दिइने छ । त्यस्तै विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धी सवै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना हुनेगरी आलो पालो प्रणाली कायम गरि न्युनतम जनशक्ति मात्र प्रयोग गरि सेवा प्रवाह सुचारु गर्न पाउने व्यवस्था गरिएको छ ।
यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।