२८ माघ, काठमाडौँ ।
अर्किड स्कुलको आयोजनामा चौथो अर्किड कप अन्तरविद्यालय फुटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ४० ब्वाइज टिमको सहभागिता रहने अर्किडका संस्थापक अध्यक्ष प्रेम कुमार भुजेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
शीर्ष ४ स्थानमा रहने टोलीलाई नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाण पत्र वितरण गरिने छ ।

पहिलो हुनेले २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख रुपैयाँ खर्च हुने अर्किडका प्रिन्सिपल चालेन्द्रबहादुर कार्कीले जानकारी गराए ।
7 ‘A’ साइड स्वरुपमा हुने प्रतियोगिता नकआउट आधारमा हुनेछ । खेलहरु काँडाघारीस्थित आयोजकको आफ्नै मैदानमा हुनेछ । डिफेन्डिङ च्याम्पियन नेक्सस दोश्रो संस्करणको पनि विजेता हो । पहिलो संस्करणमा बेस्ट ग्रुप च्याम्पियन भएको थियो ।
प्रतियोगिताको फाइनल फागुन ११ गते हुनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।