८ असार, काठमाडौं । स्विट्जरल्याण्ड युरोकप २०२० को नकआउट राउण्डमा प्रवेश गरेको छ । समूह ए मा तेस्रो भएको स्विट्जरल्याण्डले उत्कृष्ट तेस्रो टिमकोरुपमा अन्तिम १६ मा स्थान बनाएको हो ।
सोमबार राति समूह बी र समूह सी का खेलहरु सकपएवछि स्वीस टोलीले पनि समूह चरण पार गरेको हो ।समूह ए मा स्विट्जरल्याण्डले ४ अंक जोडेको थियो ।
समूह बी मा तेस्रो भएको युक्रेन र समूह सी मा तेस्रो भएको फिनल्याण्डको ३ अंक मात्र भएकोले स्विट्जरल्याण्ड अगाडि रहँदै अन्तिम १६ मा पुगेको हो ।
२४ टिम सहभागी युरोमा समूह विजेता र उपविजेतासहित तेस्रो हुने ६ मध्ये उत्कृष्ट ४ टिम पनि नकआउट राउण्डमा पुग्नेछन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।