पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २२ हजार ६४० जना तथा एन्टिजेन विधिबाट २७ हजार ३०८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
पछिल्लो २४ घण्टामा थप ३१३० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.९ प्रतिशत रहेको छ ।
हाल नेपालमा ५३ हजार ९४० जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ५० हजार ३०४ जना होम आइसोलेसनमा, ३ हजार ६३६ जना संस्थागत आइसोलेसनमा, ८११ जना आईसीयू तथा २३७ जना भेन्टिलेटरमा रहेका छन् ।
यही अवधिमा थप ४६ जनाले कोभिड–१९ को संक्रमणबाछ ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ७७२ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु दर १.५ प्रतिशत रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।