शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमालेमा लागेका स्थानीय जनप्रतिनिधिको पद चैट गराउन माओवादीको आकस्मिक बैठक


  • सोमबार, असार ७ २०७८
10.8K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रको आकस्मिक केन्द्रीय कमिटी बैठक बसेको छ । बैठक बिहान भर्चुअलरूपमा बसेको हो ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार नेकपा विभाजनपछि एमालेमा लागेका संघीय संसद र प्रदेशसभाका सदस्यहरूको पद रिक्त भए पनि स्थानीय तहका जनप्रतिनिधिहरूको पद निर्वाचन आयोगले रिक्त गर्न केन्द्रीय समितिको बैठकको निर्णय आवश्यक भनेकाले सोही प्रयोजनका लागि आकस्मिक बैठक बसेको हो ।

अध्यक्ष प्रचण्डले एमालेमा लागेका वडाध्यक्षदेखि मेयर उपमेयरसम्मलाई कारवाहीका लागि आयोगमा पत्राचार गरिए पनि हालसम्म पद रिक्त नभएकाले कानूनी प्रक्रिया पूरा गर्न बैठक बोलाइएको बताएका थिए ।

तर, स्थानीय तहका जनप्रतिनिधिका पद निर्वाचन आयोगले दलको निर्णयका आधारमा रिक्त गराए पनि सर्वोच्च अदालतबाट पुनर्वहाली हुने गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा