शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

सुकेधारा विस्फोटमा ज्यान गुमाउने तीनै जना विप्लवका कार्यकर्ता


  • सोमबार, जेष्ठ १३ २०७६
22.9K
SHARES

१३ जेठ, काठमाडौं ।
सुकेधारा बम विस्फोटमा परि मृत्यु भएका तीनै जना नेकपा ‘विप्लव’ समूहका कार्यकर्ता भएको खुलेको छ ।

सुकेधारामा रहेको एक सैलुनमा बम बनाउने क्रममा विस्फोट हुँदा एक जनाको घटनास्थलमा मृत्यु भएको थियो । दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनामा परि ५ जना घाइते भएका छन् । घटना भएको झण्डै २४ घन्टासम्म मृतकको पहिचान खुल्न सकेको थिएन । सोमबार तीनै जनाको सनाखत भएको प्रहरी स्रोतले जनाएको छ ।

मृत्यु हुनेमा कालिकोटका विभुराम भन्ने दिपेश विक, दाङको बबई गाउँपालिकाका गोकुल रानामगर र ठेगाना नखुलेका निरन्तर मल्लको रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा