शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

निधिलाई मनाउन देउवा समूहका नेताहरुले पहल गर्ने वान अन वान सम्वाद गर्न सुझाव


  • आइतबार, असार ६ २०७८
10K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेस संस्थापन पक्षका केन्द्रीय नेताहरुले सभापति शेरबहादुर देउवालाई उपसभापति विमलेन्द्र निधिसँग ‘वान अन वान’ वार्ता गर्न सुझाव दिएका छन् । साथै उनीहरुले पनि निधिलाई मनाउन पहल गर्ने भएका छन् ।

कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पनि देउवाले फेरि सभापतिमा उठ्ने तयारी गरेका छन् । संस्थापन समूहमा दोस्रो बरियतामा रहेका निधिले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् । शनिबार भएको छलफलमा पनि देउवा र निधिले सभापतिमा एकअर्कालाई सहयोग गर्न आग्रह गरेका थिए ।
एउटै समूहबाट दुई उम्मेदवार बन्ने अवस्था आएपछि संस्थापन पक्षका नेताहरुले सहमतिमा जोड दिएका छन् । ‘उहाँ (निधि) लाई पनि मिलाएर लैजानुपर्छ । त्यसका लागि तपाईंले पनि एक्लै भेटेर छलफल गर्नुस् । हामी पनि उहाँसँग कुरा गर्छाैं भनेर सभापतिज्यूलाई आग्रह गर्‍यौं,’ कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले भने, ‘अझै समय छ, छलफल गरेर नै अगाडि बढ्नुपर्छ ।’

भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनेसँगै आफ्नो समूहका नेताहरुसँग छलफल थालेका देउवाले आइतबार बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यलाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा