
प्रदेश २ को प्रदेशसभा बैठक बस्दै नबसी स्थगीत भएको छ ।
सोमबार नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलले गरेको बन्दको कारण बैठक बस्दै नबसी स्थगित भएको हो । सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो ।
तर, बन्दका कारण देखाउँदै बैठक स्थगित गरिएको छ । प्रदेशसभाको अर्काे बैठक अब भोलि (मंगलबार) दिउँसो २ बजेका लागि निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जानकारी गराएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।