कांग्रेस सभापति शेरबहादुर देउवालाई नेता कृष्ण सिटौलालाई कार्यवाहक सभापति दिएर अघि बढ्न उनी निकट नेताहरुले सुझाव दिएका छन् ।
देउवाले आइतबार वाग्मती प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए ।
छलफलमा सहभागी नेता भिमसेनदास प्रधानले सभापति देउवालाई सिटौलालाई कार्यवाहक दिएर अघि बढेमा महाधिवेशनमा नेतृत्व लिन सहज हुने नभए गाह्रो अवस्था रहेको सुझाव दिएका थिए ।
उनले निधिले साथ नदिने स्पष्ट पारिसकेपछि सिटौलालाई नै अघि बढाउँदा सहज हुने सुझाव दिएको एक नेताले जानकारी दिए ।
“सिटौलालाई कार्यवाहक सभापति दिऊँ, नभए तपाईं जित्नुहुन्न,” प्रधानको सुझाव थियो, “यसरी जाँदा दोस्रो राउन्डमा जित्ने सम्भावना बढी हुन्छ ।”
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।