शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

डिपाए बार्सिलोनामा अनुबन्ध


  • आइतबार, असार ६ २०७८
11.1K
SHARES

फाइल तस्विर

काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले मेम्फिस डिपाएलाई अनुबन्ध गरेको छ । यसै महिनाको अन्त्यमा डिपाएको सम्झौता फ्रेन्च क्लब लियोनसँग सकिँदैछ ।

त्यसपछि बार्सिलोना आउने विषयमा बार्सिलोना र डिपाएबीच सहमति भएको बार्सिलोनाले जनाएको छ ।
नेदरल्याण्ड्सका डिपाएलाई बार्सिलोनाले फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।२७ वर्षीय डिपाएलाई बार्सिलोनाले गत सिजन नै अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर बार्सिलोना तेस्रो प्रायसमा सफल भएको हो ।

डिपाएले २ वर्षका लागि सम्झौता गर्नेछन् । बार्सिलोनाले यस सिजन अनुबन्ध गरेको डिपाए चौथो खेलाडी हुन् । यसअघि नै बार्सिलोनाले सर्जियो अगुएरो, एरिक गार्सिया र एमरसनलाई अनुबन्ध गरिसकेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा