शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पेनाल्टीमा चुकेपछि स्पेनको लगातार दोस्रो बराबरी


  • आइतबार, असार ६ २०७८
10.6K
SHARES

फाइल तस्विर

६ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह इ को खेलमा स्पेन र पोलयाण्डले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा स्पेनले पहिले अग्रता बनाए पनि त्यसलाई कायम राख्न नसक्दा र पेनाल्टीमा गोल गर्न नसक्दा पोल्याण्डसँग अङ्क बाँड्नु परेको हो । स्पेनले सन् १९९६ पछि युरोकपमा सुरुआती दुई खेल जित्न नसकेको यो पहिलो पटक हो ।

समूहमा स्पेनको यो लगातार दोस्रो बराबरी हो । पोल्याण्डले भने पहिलो १ अंक जोड्यो । यसअघि स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेलेको थियो भने पोल्याण्ड स्लोभाकियासँग पराजित भएको थियो ।
सेभियामा भएको खेलको २५औं मिनेटमा जेरार्ड मोरेनोको पासमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा स्पेनले अग्रता कायम राख्यो । तर दोस्रो हाफमा पोल्याण्डले बराबरी गोल फर्कायो । ५४औं मिनेटमा पोलिस कप्तान रोवर्ट लेवान्डोस्कीले कमिल जोविएकको पासमा बराबरी गोल गरे ।

५८औं मिनेटमा स्पेनले पुनस् अग्रता लिने अवसर पाएको थियो तर सदुपयोग गर्न सकेन । पोल्याण्डका जाकुब मेडरले जेरार्ड मवरेनोलाई फाउल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो तर मोरेनोले गोल गर्न सकेनन् । उनको प्रहार पोष्टमा लागेको थियो ।

लगातार दोस्रो बराबरीपछि तीन पटकको विजेता स्पेन २ अङ्कसहित समूह इ को तेस्रो स्थानमा छ । पोल्याण्ड भने १ अङ्कसहित चौथो स्थानमा छ । ४ अङ्क जोडेको स्वीडेन पहिलो र ३ अंकसहित स्लोभाकिया दोस्रो स्थानमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा