शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पोर्चुगलमाथि जर्मनीको शानदार जित


  • आइतबार, असार ६ २०७८
11.1K
SHARES

पोर्चुगल भर्सेज जर्मनी खेलमा रोनाल्डो

युरोकप २०२० अन्तर्गत आज भएको पोर्चुगलबिरुद्धको महत्वपूर्ण खेलमा जर्मनीले शानदार जित दर्ता गराएको छ । जितसंगै जर्मनीले राउण्ड अफ १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।

जर्मनीको म्युनिखमा रहेको एलायन्ज् स्टेडियममा सम्पन्न समूह एफ को खेलमा जर्मनीले साविकको विजेता पोर्चुगलमाथि ४-२गोल अन्तरको महत्वपूर्ण जित निकाल्न सफल भयो । अर्काेतर्फ हारले पोर्चुगललाई नकआउट चरणमा पुग्न अर्काे खेल कुर्नुपर्ने भएको छ ।

जर्मनीले आफ्नो जितमा पहिलो दुई गोल आत्मघाति उपहार पाएको थियो भने बाँकी दुई गोल काई हाभेर्ज र रोबेन गोसेन्सले गरे । पोर्चुगलका लागि एकमात्र गोल कप्तान क्रिष्टियानो रोनाल्डोेले गरे ।

खेलको शुरुवाती १४ मिनटमा जर्मनीले पकड बनाएपनि खेलको १५औं मिनटमा डियोगो जोटाको प्रयास जर्मनीका गोलकिपर म्यानुएल नुएरको खुट्टामा लागेर डिफ्लेक्ट हुँदा क्रिष्टियानो रोनाल्डोले वान टच गोलमा परिणत गरे ।

यो रोनाल्डोको १०७औं अन्तराष्ट्रिय गोल हो भने अल टाइम गोलको बराबरीका लागि अब २ गोलमात्र बाँकी रहेको छ । इरानका कलि देईले सन् १९९३ देखि २००६ सम्मको अन्तराष्ट्रिय करियरमा कुल १०९ गोल गरेका थिए ।

३४औं मिनटमा काइ हाभेर्जको प्रहार गरेको बल पोर्चुगलका रोबेन डायनसलाई लागेर गोलमा परिणत हुँदा जर्मनीले खेलमा बराबरी गोल फर्काएको थियो ।

लगतै ३८औं मिनटमा जोसुआ किमितको कट ब्याक बचाउन खोज्दा पोर्चुगलका डिफेन्डर रफायल गुरेरोबाट आत्मघाति गोलमा परिणत हुन पुग्यो ।

दोश्रो हाफमा आक्रमक रवैया अपनाएको जर्मनीले खेलको ५१औं मिनटमा आफ्नो अग्रतालाई तेब्बर बनायो । उसका लागि गोसेन्सको असिस्टमा हाभेर्जलो गोल गरेका थिए ।

खेलको ६०औं मिनटमा जोसुवा किमिचको सुन्दर क्रसमा गोसेन्सले हेडरमार्फत गोल गर्दै जर्मनीलाई खेलमा ४–१ गोल अन्तरले अघि बढाए ।

६६औं मिनटमा रोनाल्डोले डियोगो जोटाका लागि सुन्दर अवसर सिर्जना गरिदिए जसमा जोटा सफल रहे । यो गोलले पोर्चुगलको जर्मनीसँगको गोलदूरी ४–२ मा छोट्यायो ।

पोर्चुगललले खेलमा कमब्याक गर्न नसकेपछि खेलमा जर्मनीले तीन अंक बटुल्यो ।

जितसँगै पोर्चुगललाई पछि पार्दै जर्मनी २ खेलमा ३ अंकका साथ समूहको दोश्रो स्थानमा पुगेको छ । समान अंक भएको पोर्चुगल गोल भिन्नताको आधारमा तेश्रोमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा