शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

सामुदायिक विद्यालयमा स्काउट एकाई सञ्चालन गर्ने प्रधानमन्त्री ओलीको घोषणा


  • शनिबार, असार ५ २०७८
12.7K
SHARES

तस्विरः फाइल

प्रधानमन्त्री केपी शर्मा ओलीले स्काउटलाई सामुदायिक विद्यायमा एउटा छुट्टै एकाइको रूपमा स्थापित गरिने घोषणा गरेका छन् ।

स्काउट अभियानको विकास र विस्तार गर्न सरकारले आगामी आर्थिक वर्षभित्र देशका १३ हजार सामुदायिक विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने ओलीले घोषणा गरेका हुन् ।

नेपाल स्काउटको ७०औँ स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले स्काउटका सङ्गठनलाई संविधान अनुकूल बनाउँदै सात प्रदेश र ७५३ वटै स्थानीय पालिकामा विस्तार गरिएको पनि जानकारी दिए।

‘अन्तर्राष्ट्रिय सम्बन्धमा समेत व्यापक सुधार भई नेपाल एसिया प्रशान्त क्षेत्रमै एउटा नमुना र अब्बल स्काउट सदस्य राष्ट्र बन्न सफल भएको छ,’ ओलीले शुभकामना सन्देशमा भनेका छन् ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा