एजेन्सी – अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सीले फ्रिकिक गोलमा पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन्। कोपा अमेरिका अन्तर्गतको खेलमा चिलीविरुद्ध गोल गर्दै मेस्सीले रोनाल्डोलाई पछि पारेका हुन्।
मंगलबार बिहान भएको खेलमा चिलीविरुद्ध मेस्सीले फ्रिकिक गोल गरे। मेस्सीले लगभग २० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक प्रहार गोलरक्षक क्लाउडियो ब्राभोले हातले छेकेपनि पोस्टबाहिर राख्न सकेनन्।
उक्त फ्रिकिक गोलसँगै मेस्सीको फ्रिकिक गोल संख्या ५७ पुगेको छ। यस अगाडी मेस्सी र रोनाल्डोको फ्रिकिक गोल ५६ थियो। चिलीविरुद्ध थप एक फ्रिकिक गोल गरेसँगै मेस्सीले रोनाल्डोलाई पछि पारेका छन्।
मेस्सी फ्रिकिक गोलमा डियागो माराडोना भन्दा ५ गोलले मात्र पछि छन्। ५७ फ्रिकिक गोल मध्ये मेस्सीले २० गोल गएको पाँच वर्षमा गरेका हुन्। ५७ फ्रिकिक गोल मध्ये ५० गोल मेस्सीले बार्सिलोनाका लागि गरेका छन्। त्यस्तै ५६ फ्रिकिक गोल गरेका रोनाल्डोले रियल म्याड्रिडका लागि ३२, म्यानचेस्टर युनाइटेडका लागि १३ र पोर्चुगलका लागि १० र युभेन्टसका लागि एक गोल गरेका हुन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।