शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आज ‘ग्रुप अप डेथ’का दुई खेल, स्पेन र पोल्यान्ड पनि प्रतिस्पर्धामा


  • शनिबार, असार ५ २०७८
10.9K
SHARES

फाइल तस्विर

१६ औँ संस्करणको युरोकप फुटबल प्रतियोगितामा आज ९शनिबार० तीनवटा खेलहरु हुने भएका छन् ।

युरोपका विभिन्न ११ वटा शहरमा अहिले युरोकप जारी छ । पहिलो खेलमा फ्रान्स र हङ्गेरी, दोस्रो पोर्चुगल र जर्मनी तथा तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुने भएको हो ।

फ्रान्स र हङ्गेलीबीचको पहिलो खेल साँझ ६ः४५ बजे सुरु हुने छ । युरोकपको पहिलो खेलमा जर्मनीलाई १–० गोल अन्तरले निराश बनाएको फ्रान्स दोस्रो प्रतिस्पर्धामा पनि हङ्गेरीमाथि दबदबा कायमै राख्न चाहन्छ । ३ अङ्क जोडेको फ्रान्स समूह ‘एफ’को दोस्रो स्थानमा छ ।

पहिलो खेलमा पोर्चुगलसँग ३–० ले पराजित भएको हङ्गेरी पनि फ्रान्समाथि जित निकाल्न चाहन्छ । हङ्गेरी समूहको अन्तिममा रहेको टिम हो ।

आजै हुने साविक विजेता पोर्चुगल र जर्मनीबीचको दोस्रो खेल राति ९ः४५ बजे सुरु हुने छ । यसअघि हङ्गेरीमाथि ३–० गोलको फराकिलो जित निकालेको पोर्चुगल जर्मनीलाई पनि स्तब्ध बनाउने योजनामा छ । प्रतियोगितामा लागातार दोस्रो जित निकाल्दै समूहको शीर्ष स्थानमा रहेको पोर्चुगल नकआउट चरणमा पुग्ने योजनामा हुने छ ।

यसअघि फ्रान्ससँग १–० को हार बेहोरेको जर्मनीका लागि आजको खेल निक्कै महत्वपूर्ण हुने छ ।
स्पेन र पोल्याण्डबीचको तेस्रो खेल राति १२ः४५ बजेबाट सुरु हुने छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा