एजेन्सी-खेल दौरान नै हृदयघात भएपछि अस्पताल लगिएका डेनमार्क राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर क्रिस्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज भएका छन् ।
शनिबार राति युरोकप अन्तर्गत फिन्ल्याण्डबिरुद्ध भएको पहिलो खेलमा डेनमार्कका महत्वपूर्ण मिडफिल्डर एरिक्सन खेल्दा खेल्दै मैदानमा ह्रदयघातका कारण लडेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
शुक्रबार डेनमार्कको फुटबल संघले एरिक्सनको अवस्थामा निक्कै सुधार आएको र अस्पतालबाट डिस्चार्ज भएको विज्ञप्तिमार्फत जानकारी गराएको छ । संघले उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको र अहिले उनी रिगो अस्पतालबाट डिस्चार्ज भएको पुष्टि गरेको हो ।
डिस्चार्ज हुनसाथ एरिक्सनले राष्ट्रिय टोलि बसेको स्थानमा गएर भेट गर्दै सिधै त्यहाँबाट परिवारको साथमा घर गएका छन् ।
संघले एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) समेत जडान गरिएको जनाएको छ ।
एरिक्सनले आफ्नो गाह्रो समयमा साथ दिने तथा स्वास्थ्यको लागि कामना गर्नुहुने सम्पूर्णमा धन्यवाद दिएका छन् ।
उनले रसियासँग हुने समूहको अन्तिम खेलमा आफू समर्थक भएर डेनमार्कलाई समर्थन गर्दै फुटबलको आनन्द लिने बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।