शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

सडक दुर्घटनामा परी स्पेनमा एक नेपालीको मृत्यु


  • सोमबार, जेष्ठ १३ २०७६
23.3K
SHARES

बार्सिलोना।

स्पेनको बार्सिलोना बस्दै आएका २२ वर्षीय एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ।

स्याङ्जा विरूवा गाउँपालिका–६, चिन्नेबास स्थायी घर भएका पुजन कोइरालाको शनिबार राति दुर्घटनामा परी ज्यान गएको हो।
साइकलमा सवार कोइरालालाई नगरपालिकाको फोहोर बोक्ने सवारीले बार्सिलोनास्थित ग्रानभिया र बाल्मेस जक्सनमा ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको गुआर्डिया उर्बाना प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

होम डिलीवरीको सेवा दिने एक कम्पनी ग्लोबोमार्फत खाना पुर्याउन हिँडेका उनीले ५ दिनअघि मात्रै साइकलमा सामान डेलिभरी गर्ने काम थालेका थिए ।

यसअघि पितालाई गुमाइसकेका उनी परिवारको एक्लो छोरा हुन् ।

अध्ययनका लागि २ वर्षअघि जर्मनी आएका कोइराला स्थायी बसोबासका लागि कागजी प्रक्रिया सहज हुने देखेर ७ महिनाअघि स्पेन आएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा