बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

विश्वमा एकैदिन ३ लाख ८५ हजार संक्रमित थपिए, ८ हजार ५ सय बढीको मृत्यु


  • शुक्रबार, असार ४ २०७८
11.1K
SHARES

फाईल तस्बिर

विश्वमा बितेको २४ घण्टामा ३ लाख ८५ हजार ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ८ हजार ५८६ जना कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ८१ लाख ८५ हजार ३८९ पुगेको छ ।
अहिलेसम्म ३८ लाख ५७ हजार ५०४ जनाले ज्यान गुमाएका छन् ।

संक्रमित १६ करोड २६ लाख ८३ हजार १८२ जनाले कोरोनालाई जितेका छन् भने १ करोड १६ लाख ४४ हजार ७०३ जनामा सक्रिय संक्रमण छ।

सक्रिय संक्रमितको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । उपचाररतमध्ये ८२ हजार ५१५ को स्वास्थ्य अवस्था गम्भीर छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा