शनिबार, साउन ३० २०८३
ताजा अपडेट

नेदरल्याण्ड्स युरोकपको अन्तिम १६ मा प्रवेश


  • शुक्रबार, असार ४ २०७८
9.6K
SHARES

फाइल तस्विर

४ असार, काठमाडौं । नेदरल्याण्ड्स युरोकप २०२० को अन्तिम १६ मा प्रवेश गर्ने तेस्रो टिम बनेको छ । समूह सी अन्तर्गत बिहीबार राति भएको खेलमा अष्ट्रियालाई २-० ले हराउँदै लगातार दोस्रो जित हात पारेको डच टोली नकआउट राउण्डमा स्थान पक्का गरेको हो ।

घरेलु मैदान योहान क्रप एरेनामा भएको खेलमा नेदरल्याण्ड्सका लागि मेम्फिस डिपाए र डेन्जेल डमफ्राइसले गोल गरे ।
खेलको ११औं मिनेटमा डिपाएले पेनाल्टीमा पहिलो गोल गरेका थिए । अष्ट्रियाका कप्तान डेभिलअलावाले पेनाल्टी एरियामा डमफ्राइसलाई फाउल गरेपछि नेदरल्याण्ड्सले पाएको पेनाल्टीमा डिपाएले गोल गरे ।

दोस्रो हाफमा पनि नेदरल्याण्ड्सले एक गोल गर्‍यो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डोनयल मालेनको पासमा डमफ्राइजले ६७औं मिनेटमा गोल गरेका थिए ।

लगातार दोस्रो जितपछि नेदरल्यण्ड्सले समूह सी मा ६ अंक जोडेको छ र एक खेल अगावै नकआउटमा स्थान बनाएको छ । नेदरल्याण्ड्सले एक खेल खेल्न बाँकी भए पनि समूह सी को विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।

उता पहिलो खेलमा नर्थ मेसेडोनियालाई पराजित गरेको अष्ट्रियाको यो पहिलो हार हो । अब समूहको अन्तिम खेलमा नेदरल्याण्ड्सले नर्थ मेसेडोनिया र युक्रेनले अष्ट्रियासँग खेल्नेछ । युक्रेन र अष्ट्रियाबीचको विजेता अन्तिम १६ मा प्रवेश गर्नेछ । यदि खेल बराबरी भएमा गोलअन्तर हेरिनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा