शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कोपा अमेरिकामा ब्राजिलको लगातार दोस्रो जित, कोलम्बिया र भेनेजुएलाले खेले बराबरी


  • शुक्रबार, असार ४ २०७८
11.5K
SHARES

फाइल तस्विर

४ असार, काठमाडौं । आयोजक ब्राजिलले कोपा अमेरिकामा लगातार दोस्रो जित हात पारेको छ । समूह बी अन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरुलाई ४(० ले पराजित गरेको हो ।

स्टाडियो ओलम्पिको निल्टन सान्तोषमा भएको खेलमा ब्राजलिका लागि एलेक्स सान्ड्रो, नेयमार, एभरटन रिवेइरो र रिचार्लिसनले गोल गरे । पहिलो हाफमा एक गोल गरेको ब्राजिलले दोस्रो हाफमा तीन गोल गरेको थियो । जसमा दुई गोल अन्तिम समयमा भएको थियो ।

सान्ड्रोले १२औं मिनेटमा गाब्रीएल जेससको पासमा गोल गरेका थिए । यस्तै नेमारले ६८औं मिनेटमा फ्रेडको पासमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । ८९औं मिनेटमा एभरटनले रिचार्लिसनको पासमा गोल गरे । यस्तै रिचार्लिसनले इन्जुरी टाइमा गोल गरेपछि ब्राजिलले सहज जित हात पार्‍यो ।

लगातार दोस्रो जितपछि ब्राजिल ६ अंकसहित समूह बी मा शीर्ष स्थानमा छ । पेरु भने पहिलो खेलमै पराजित भएको हो ।

यसैगरी समूह बी अन्तर्गत नै भएको खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अंक बाँडे । पेड्रो लुडोभिको स्टेडियममा भएको खेलको यन्जुरी टाइममा कोलम्बियाका लुइज डियाजले रातो कार्ड पाएका थिए ।

बराबरीपछि कोलम्बियाले २ खेलबाट ४ अंक जोडेको छ र दोस्रो स्थानमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा