शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

उपेन्द्र यादव पक्ष आधिकारिकता दाबी गर्दै फेरि निर्वाचन आयोगमा जाने


  • बिहिबार, असार ३ २०७८
21.2K
SHARES

फाइल तस्बिर

जनता समाजवादी पार्टी(जसपा)का पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकताका लागि निर्वाचन आयोगमा पुनःनिवेदन दिने भएको छ।

यादवको अध्यक्षतामा बिहीबार बसेको बहुमत कार्यकारिणी समितिको बैठकले आधिकारीकताको दाबी गर्ने निर्णय कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले जानकारी दिए।

यसअघि यादवले पार्टीका पदाधिकारी हेरफेर भएको जानकारी आयोगलाई गराएको थियो। यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित ४ जनालाई पार्टीबाट निश्कासन गरेको थियो। ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निष्कासन गरेको छ।

दुबै पक्षले आयोगमा एक अर्कालाई कारबाही गरेको पत्र पठाए पनि आयोगले दुबै पक्षलाई आधिकारिकता दिएको छैन। यादवले कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षर आयोगमा पठाएका थिए भने ठाकुरले यादवलाई कारबाही गरेको पत्र मात्रै पठाएका थिए।

कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। यसअघि कार्यकारिणी समितिको बहुमत सदस्यको हस्तक्षरसहित यादव पक्षले ४ सांसदलाई निष्कासन गरेको थियो। तर उनीहरूलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा