नेपाली कांग्रेसले निषेधाज्ञाको विरोध गरेको छ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप ल्याउने र जनताका उपचारमा ध्यान दिनेभन्दा निषेधाज्ञा मात्रै जारी राख्दा जनतालाई हातमुख जोर्न गाह्रो भएको कांग्रेसको भनाइ छ।
केन्द्रीय समिति बैठक चल्दै गर्दा आज अपरान्ह सहमहामन्त्री प्रकाशशरण महतले पत्रकारहरू सँग निषेधाज्ञालाई सरकारले रक्षा कबचका रूपमा प्रयोग गरिरहेको बताए।
‘कोरोना संक्रमण छ। उपचार र रोकथामको कुनै प्रवन्ध उहाँहरूले गर्नुभएन। गरेको भए लकडाउन गर्नुपर्ने नै थिएन,’ उनले भने, ‘लकडाउनका बेला नागरिकहरू जति नै असन्तुष्ट भए पनि सडकमा निस्कने अवस्था छैन। उहाँहरूले आफ्नो सत्ता जोगाउने कबचका रूपमा लकडाउनलाई लिनुभयो।’
उनले कोरोना संक्रमणबाट सरकार दु:खी हुनुपर्नेमा सत्ता सुरक्षित भयो भन्ने सरकारले ठानेको पनि बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।