बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

समयमै सुरुङ बन्द गर्दा दुर्घटनाबाट बच्यो मेलम्ची आयोजना


  • बिहिबार, असार ३ २०७८
10.9K
SHARES

फाइल तस्विर

मेलम्ची आयोजनाले सुरुङभित्र प्राविधिक परीक्षणका लागि लागि मंगलबार बिहान ११ बजे सुरुङको गेट बन्द गर्‍यो ।

त्यससँगै सुन्दरीजलबाट पानी खाली गर्ने काम शुरु गर्‍यो ।

साँझतिर मेलम्ची खोलाको मुहान भेगमा ठूलो पहिरो गयो र केही बेर खोला थुनिन पुग्यो ।

आयोजना क्षेत्र बाढी पस्यो र मानवीय, पूर्वाधार एवम् धनजनको क्षति समेत हुन पुग्यो ।

प्रकोपले आयोजनाको क्याम्पहरु, उपकरण, निर्माण सामग्री, पहुँच सडक तथा पुलहरु बगाएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिले बुधवार साँझ विज्ञप्ति जारी गर्दै आयोजनाको मुख्य सुरुङ यथास्थितिमा रहेकाले मुख्य सुरुङ तथा पानी प्रशोधन केन्द्रमा कुनै गम्भीर क्षति भने नभएको बताएको छ ।

समितिका प्रवक्ता राजेन्द्र पन्तकाअनुसार हेडबक्स नजिकै क्याम्प साईट बाढीले बगाएपछि रातिदेखि नै प्रहरी प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको खोजी समेत भइरहेको छ ।

बुधवार बिहान हेल्किप्टरमार्फत उद्धार गरिएका ७६ जनाको काठमाडौँ र धुलिखेलमा उपचार भइरहेको छ ।

‘आयोजनासँग सम्बन्धित ८ जना (३ चिनियाँ, ३ भारतीय, र २ जना नेपाली) नागरिक अझैं पनि सम्पर्कविहीन अवस्थामा छन्’ उनले भने, ‘उनीहरुको खोजी जारी छ ।’

उनकाअनुसार सो क्षेत्रमा पानीको सतह बढिरहेको छ । बाढीसँगै आएको लेदोले पुरै जमिन छोपेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा