प्रदेश नम्बर एकको सप्तकोसी नदीमा अवस्थित किराँती संस्कृति, सभ्यता र मुन्धुमसँग जोडिएको खुवालुङ डुङ्गाको विषयमा विवाद कायम छ । केन्द्र सरकारले फुटाएर अवरोध हटाउने कुरा गरेको छ भने प्रदेश सरकारले संरक्षण गर्ने कुरा गरिरहेको छ ।
सप्तोकोशी नदीमा अवस्थित किराँती सँस्कृति, सभ्यता र मुन्धुमसँग जोडिएको खुवालुङ ढुंगाको संरक्षणमा प्रदेश १ सरकारले केन्द्र सरकारलाई काउन्टर दिएको छ ।
प्रदेशअन्तर्गत पर्ने उक्त नदीको अवरोध हटाउने केन्द्र सरकारले घोषणा गरिरहँदा उता प्रदेश सरकारले भने सोही खुवालुङको संरक्षण गर्ने जनाएको हो ।
‘विभिन्न भाषाभाषी, सँस्कृति जातजाति धर्मावलम्बीहरुको संस्कार, संस्कृति तथा लोप हुँदै गएका परम्परागत नृत्यहरुको संरक्षण गर्दै व्यावसायिक रुपमा प्रवद्र्धन गरिनेछ ।’
प्रदेश १ को बजेट वक्तव्यको बुँदा नम्बर ९३ मा भनिएको छ, ‘किराँती संस्कृति, सभ्यता र मुन्धुमसँग जोडिएको सप्तकोशी नदीमा अवस्थित खुवालुङको संरक्षण तथा अरुण तमोर सभ्यताको अध्ययन तथा प्रवद्र्धन गरी ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।