अर्जेन्टिनाका सुपरस्टार खेलाडी लिओनल मेस्सीले कोपा अमेरिका फुटबलमा नयाँ रेकर्ड बनाएका छन् । ब्राजिलमा जारी ४७औं संस्करणको कोपामा पहिलो खेल चिलीविरुद्ध खेलेपछि मेस्सीका नाममा नयाँ कीर्तिमान बनेको हो । मेस्सी अब कोपा फुटबलमा एक मात्रै यस्ता खेलाडी बनेका छन्, जसले दोहोरो अंकमा गोल र असिस्ट गरेका छन् ।
प्रतियोगितामा चिलीविरुद्ध पहिलो खेल खेल्नेक्रममा मेस्सीले पहिलो हाफमा फ्री किकमार्फत् शानदार गोल गरेका थिए, जुन उनका लागि अन्तर्राष्ट्रिय मञ्चमा ७३औं गोल थियो । यता, मेस्सीका लागि कोपा अमेरिकामा त्यो कूल १०औं गोल थियो ।
अब कोपा इतिहासमा दोहोरो अंकमा गोल र असिस्ट गर्ने मेस्सी एक मात्रै खेलाडी बनेका छन् । उनले कोपामा अब कूल १० गोल गर्दा हालसम्म १३ असिस्ट पनि गरेका छन् । कोपामा मेस्सीबाहेक दोहोरो अंकमा गोल र असिस्ट अन्य कोही पनि खेलाडी छैन । मेस्सीको रेकर्डबारे कोपा अमेरिकाले आफ्नो अफिसियल वेबसाइटमा उल्लेख गरेको छ ।
यता, दक्षिण अमेरिकी महादेशको कोपामा दोहोरो अंकमा मेस्सीले गोल र असिस्ट गर्दा युरोपियन महादेशको रेकर्डसँग तुलना गर्दा मेस्सी नै अघि छन् । युरो कप फुटबलमा दोहोरो अंकमा गोल र असिस्ट आजसम्म कसैले पनि गर्न सकेको छैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।