१६औँ संस्करणको युरो कप २०२० मा इटालीले स्विट्जरल्यान्डमाथि जित निकालेको छ । बुधबार राति इटालीको मैदानमा घरेलु टिमले स्विट्जरल्यान्डमाथि ३–० गोलको सहज जित निकालेको हो ।
इटालीको जितमा मानुअल लोकाटेलीले दुई गोल गर्दा सिरो इम्मोबाइलले एक गोल गरे । इटालीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।खेलको २६औँ मिनेटमा लोकाटेलीले गोल गर्दै इटालीलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । ५२औँ मिनेटमा उनले दोस्रो गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए ।
खेल सकिन एक मिनेट बाँकी रहेको अवस्थामा इम्मोबाइलले गोल गर्दै इटालीलाई ३–० गोलको जित दिलाए ।
जितसँगै समूह ‘ए’को शीर्ष स्थानमा रहेको इटालीले ६ अङ्क जोडेको छ । यसअघि उसले टर्कीमाथि जित निकालेको थियो । स्विट्जरल्यान्ड भने एक अङ्कसहित तेस्रो स्थानमा छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।