शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बाढीपहिरो सरकारकै कारण आएजस्तै नगरौँ, राहतमा जुटौँ : प्रधानमन्त्री


  • बुधबार, असार २ २०७८
18.7K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरुले सरकारको राम्रो कामको पनि विरोध गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले सरकारले जनताका लागि निकै राम्रा काम गरेपनि बिरोधीहरुले त्यसलाई देख्न नसकेको तर्क गरेका हुन् । उनले अहिले आएको बाढी पनि सरकारकै कारण आएजस्तै प्रचार गरिएको धारणा राखे ।

प्रधानमन्त्री ओलीले बाढी पीडित जनताका लागि आवास लगायतका सबै व्यवस्था सरकारले गर्ने बताए । त्यस्तै उनले नयाँ जनमत लिन जनताको माझमा जान निर्वाचन घोषणा गरिएको तर विपक्षी दलहरू भने निर्वाचनदेखि अतालिएको बताए । संसारमा कुनै पनि राष्ट्रमा अदालतबाट बनेको सरकार दिगो र सफल हुन नसकेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले चूरेको विनास नभइ संरक्षण गर्न सरकारले उचित व्यवस्था गरेको तर्क गरे । चूरे विनास गर्ने सरकारको कुनै उद्देश्य नरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले खानीको मात्र उचित प्रयोग गर्ने जिकिर गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा