बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

बुधबार २ हजार ८२८ जनामा कोरोना पुष्टि, ५२ जनाको मृत्यु


  • बुधबार, असार २ २०७८
7.5K
SHARES

फाईल तस्बिर

बुधबार थप २ हजार ८ सय २८ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ६ सय ८७ पीसीआर परीक्षणका क्रममा दुई हजार १४ र ४ हजार ३३५ एन्टीजेन परीक्षणका क्रममा ८१४ जनाका कोरोना पुष्टि भएको हो ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३७ हजार ४ सय ३३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५२ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोनाबाट अहिलेसम्म ८ हजार ५५८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा ५ लाख ४३ हजार ५२१ संक्रमित कोरोनामुक्त भएका छन् ।

नेपालमा ३२ लाख ४० हजार २९९ वटा पीसीआर र १ लाख २३ हजार ३८६ वटा एन्टीजेन परीक्षण गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा