बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

बाढी पहिरो गएका क्षेत्रको अवस्था विश्लेषण गरी तत्काल राहत र उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन


  • बुधबार, असार २ २०७८
11K
SHARES

फाइल तस्बिर

गृहमन्त्री खगराज अधिकारीले सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढी पहिरो क्षेत्रको अवस्था विश्लेषण गरेर तत्काल राहत तथा उद्धारमा खट्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

आज बिहान बसेको गृहमन्त्री खगराज अधिकारीको नेतृत्वमा बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री अधिकारीले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्धारमा खटिन सुरक्षा निकायलाइ निर्देशन दिएका हुन् ।

बैठकमा सुरक्षानिकायका प्रमुखहरुले बाढी पहिरो र डुबानको पछिल्लो अवस्थाको बारेमा विपद व्यवस्थापन कार्यकारी समितिलाई जानकारी गराएका थिए ।

गृहमन्त्री नेतृत्वमा बसेको बैठकमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसहित नेपाल प्रहरीका महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका रथी प्रभुराम शर्मा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी अधिकृत अनिल पोखरेल लगाएत सहभागी थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा