शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

भारतमा भेटियो डेल्टा भेरियन्टको म्युटेसन


  • बुधबार, असार २ २०७८
12.4K
SHARES

फाइल तस्बिर

भारतमा कोरोना भाइरस (कोभिड–१९) को डेल्टा भेरियन्टको म्युटेसन देखिएको छ । भारतले मंगलबार औपचारिकरुपमा डेल्टा भेरियन्टको म्युटेसन (बी‍‍.१.६१७.२.१) फेला परेको बताएको हो । डेल्टा भेरियन्ट सबैभन्दा पहिला भारतमा भेटिएको थियो ।

मंगलबार कोभिड–१९ खोप अभियानको विषयमा बनाइएको विशेषज्ञ समूहका प्रमुख भीके पालले भने, ‘कोरोना भेरियन्टको नयाँ म्युटेसन देखिएको छ । तर, अहिले नै चिन्ता लिनुपर्ने कुनै कारण छैन । हामीलाई यस विषयमा धेरै जानकारी छैन । अहिले यस विषयमा हामीले अध्ययन गरिरहेका छौं । भारतमा यसको संक्रमणको विषयमा पनि अध्ययन भइरहेको छ ।

डाक्टर पालले भने, ‘म्युटेसन एक जैविक तथ्य हो । हामी रोकथामको लागि आवश्यक सतर्कता पालना गर्नुपर्छ । हामीले यो रोगलाई फैलिने अवसर दिनुहुँदैन ।’

जानकारहरुले नयाँ म्युटेसन कति संक्रामक छ भन्ने कुरा निकै महत्वपूर्ण रहेको बताएका छन् ।

भारतीय सञ्चारमाध्यमको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा