बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

सिन्धुपाल्चोकमा बाढी र पहिरो : उद्धार र राहतमा जुट्न सभामुखको अपील


  • बुधबार, असार २ २०७८
14.6K
SHARES

फाइल तस्बिर

सिन्धुपाल्चोकको बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा जुट्न सभामुख अग्निप्रसाद सापकोटाले अपील गरेका छन् ।

सभामुख सापकोटाले पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहतका लागि जुट्न सबै पक्षलाई अपील गरेका हुन् । सभामुख सापकोटाको गृह सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा मंगलबार रातिको बाढी र पहिरोबाट ७ जनाको मृत्यु भएको छ । हराइरहेकाहरूको खोजी जारी छ ।

‘सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा हिजो साँझदेखि लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपूरणीय मानवीय र भौतिक क्षतिको खबरले स्तब्ध छु । विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ सापकोटाले भनेका छन् ।

सापकोटा स्थलमार्ग हुँदै आजै सिन्धुपाल्चोक जाँदै छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा