रुपन्देहीको देवदहमा पर्ने चरंगे खोलामा बनाइएका डाइभर्सन बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
बुटवल–नारायणघाट फोर लेन सडक निर्माण गर्ने क्रममा खोलामा पुल निर्माण गर्नको लागि खोलामा होम पाइप राखेर डाइभर्सन गरिएको थियो ।
निरन्तर परेको पानीको बहावलाई उक्त पाइपले थेक्न नसकेको कारण सडक अवरुद्ध भएको ट्राफिक कार्यालयका प्रहरी नायब उपरिक्षक डिल्ली नारायण पाण्डेयले बताए ।
पाण्डेयका अनुसार खोलामा बाढी गएका कारण दुवै तर्फको सवारी आगमन अवरुद्ध भएको छ ।
सवारी आवागमनलाई पुन: सुचारु गर्न पानीको बहाव घटेपछि पनि तीन देखि चार घण्टा लाग्ने भएकाले तत्काल सडक खुलाउने अवस्था नरहेको उनले बताए । मध्यान्ह साढे १२ बजेदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार दिनभर खुल्ने सम्भावना नरहेको पाण्डेयले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।