शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

गल्ति गर्ने मेयर माफी माग्ने उपमेयर


  • शनिबार, जेष्ठ ११ २०७६
26.9K
SHARES

फाइल तस्विर

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दुर्व्यवहार गरेको घटनामा उपमहानगरपालिकाले माफी मागेको छ ।

 

उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले शुक्रबार विज्ञप्ति जारी गरी उक्त घटना परिस्थितिजन्य भन्दै घटनाका कारण सञ्चार जगत र पत्रकारको आत्मसम्मानमा कुनै चोट पुगेको भए क्षमायाचना गर्ने उल्लेख गरिएको छ । कार्यबाहक नगरप्रमुखको हैसियतमा गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘राज्यको चौथो अंगका रुपमा स्थापित सञ्चार जगतप्रति इटहरी उपमहानगरपालिकाको कुनै पूर्वाग्रह छैन, उपमहानगर प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्ध छ । आगामी दिनमा सञ्चार जगत र उपमहानगरको सम्बन्ध अझ प्रगाढ बन्दै जाने अपेक्षा लिएको छु ।’

 

इटहरीका मेयर चौधरीले बुधबार अन्तर्वार्ताका क्रममा एक पत्रकारलाई लोपारेर दुव्र्यवहार गरेका थिए । एक कर्मचारीलाई कुटपिट गरेको र अपशब्द बोलेको विषयमा पत्रकारले प्रश्न गर्दा मेयर चौधरी आक्रोशित हुँदै पत्रकारमाथि जाई लागेका थिए ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा