शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सुदूरपश्चिममा ओली समूहका ७ सांसदलाई निलम्बन गर्ने संसदीय दलको निर्णय


  • सोमबार, जेष्ठ ३१ २०७८
9.5K
SHARES

फाइल तस्बिर

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ । संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै केपी शर्मा ओली पक्षका ७ जनालाई निलम्बन गरेको हो ।

माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो ।
तर ओली पक्षका सांसदहरूले विपक्षमा मत दिएका थिए । उनीहरुले संसदीय दलको ह्वीप विपरीत सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेका थिए ।

सोमबार बसेको दलको बैठकले उनीहरुलाई ७ देखि १५ दिनका लागि निलम्बन गर्ने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् । पठानसिंह बाेहरा र रतन थापालाई १५ दिन, लिलाधर भट्ट र बलदेव रेग्मीलाई १० दिन तथा नेपालु चाैधरी, माया तामाङ बाेहरा र ग्याल्बु बाेहरालाई ७ दिन निलम्बन गरिएको हो ।

संसदीय दलको बैठकमा ओली पक्षका प्रदेशसभा सदस्यहरु पनि सहभागी थिए । संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन नभएकाले निलम्बन गलत भएको ओली पक्षका प्रदेशसभा सदस्य लिलाधर भट्टले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा