शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

हुलिया खोज्ने थापालाई बास्कोटाको जवाफ


  • शनिबार, जेष्ठ ११ २०७६
30.6K
SHARES

फाइल तस्विर

केहि दिन अधि बरिष्ठ अधिवक्ता शम्भु थापाले संचार तथा सुचना प्रविधी मन्त्री गोकुल बास्कोटा माथी व्यक्तिगत तबरमा उत्रिएर हुलिया मागे पछि आज संचारमन्त्री बास्कोटाले अधिबक्ता थापालाई जवाफ फर्काएका छन् । मन्त्री बास्कोटाले मिडिया काउन्सिल विधेयकलाई लिएर व्यक्तिगत आक्रमण भएको भन्दै असन्तुष्टि जनाएका छन् ।गृहजिल्ला काभ्रेमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री बास्कोटाले व्यक्तिगत आक्रमण देखेर अचम्म लागेको बताए ।

‘आक्रमणको पनि तरिका हुन्छ, व्यक्तिमाथि हमला गरेर जसरी हृयारेसमेन्ट गर्न खोज्दै हुनुहुन्छ मलाई अचम्म लाग्या छ । बौद्धिक, सम्मानित नागरिकहरु, जसको म नाम लिन चाहन्न’ अधिवक्ता शम्भु थापालाई इंगित गर्दै मन्त्री बास्कोटाले भने, ‘जसले मेरो हुलियाको बारेमा खोजिरहनु भा’छ, हुलिया हाजिर छ हजुर ।’

उनले अघि भने, ‘सार्वहारावर्ग, श्रमिकहरुको रक्षा र हितका निम्ति कानुनहरु बनाउने, सरकार चलाउने र न्याय बताउने कुराका निम्ति यो हुलिया हाजिर छ ।’

हालै एक सार्वजनिक कार्यक्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले दासलाई झै व्यवहार गरेको भन्दै बास्कोटाले बोलेको हुलिया अनुसार नभएको टिप्पणी गरेका थिए । उनले भनेका थिए, ‘गोकुल बास्कोटालाई तपाई हामीले चिनेकै छनौं र । अहिले हुलिया हेर्नुस् त रु बोलाई हेर्नुस् त रु गएगुज्रिएको दासलाई भनेको झै पो गर्दै हुनुहुन्छ।’

मन्त्री बास्कोटाले आफूले न्युनतम पारिश्रमिक कायम गरौं भन्दा हुँदैन भनेर वकालत गर्नेहरुले कुन श्रमिक अधिकार, मानवअधिकारको कुरा गर्दैछन् भन्ने प्रश्न समेत गरे ।

उनले कांग्रेस पूर्वसांसद रामहरि खतिवडालाई पनि जवाफ फर्काएका छन् । प्रधानमन्त्री ओलीको घर कुर्ने चौकीदार भनेको भन्दै बास्कोटोले भने, ‘मलाई यस्तो लाग्छ, कुनै तिज चोरी डकैती, भष्टाचार, गर्नुभन्दा चौकिदार हुनु राम्रो ।’

मन्त्री बास्कोटाले मिडिया काउन्सिल विधेयकलाई लिएर अनावश्यक कोकोहोला मच्चाइएको दाबी गरे । ‘सरकारलाई बदनाम गर्ने उद्देश्यले स्यालहुइँया मच्चाउने काम भइरहेको छ । जनतालाई भ्रममा राख्ने खेल भइरहेको छ,’ उनले भने, ‘राम्रो कुरा ओझेलमा पारेर शब्दमा उचालिने काम भइरहेको छ ।’

सञ्चार माध्यमहरुले पनि अफवाह फैलाउने काम गरेको उनको आरोप छ । बास्कोटाले अघि भने, ‘केपी ओलीको हुलिया खोज्नुस् कि गोकुल बास्कोटाको खोज्नुस् कि प्रचण्डको खोज्नुस्, जसको खोजेपनि जनतालाई जे कमिटमेन्ट गरेर आएका छौं र त्यो पुरा गर्छौं ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा