रक्तदातालाई धन्यवाद दिँदै आज विश्व रक्तदाता दिवस मनाइएको छ । हरेक वर्ष जुन १४ तारिखमा मनाइँदै आएको विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाले ‘रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ’ नारालाई सार्थक बनाउन आज ३ हजार भन्दा बढी रक्तदाताहरुलाई धन्यवाद मोबाइल सन्देश पठाएको जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. नेत्र तिम्सिनाले कोभिडको महामारीमा सवैभन्दा बढी प्रभावित मुलुक नेपालका रक्तदाताहरुले अर्काको जीवन जोगाउन रक्तदान गरिरहेकोमा आभार व्यक्त गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) का निर्देशक डा. रुणा झाले रगतको समुचित प्रयोग हुनुपर्ने कुरामा एनपीएचएल सचेत रहेको बताइन् । नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री दीपेन्द्र ढकाल, कार्यकारी निर्देशक उमेश ढकाल र रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेल, एनपीएचएलका सिनियर प्याथोलोजिस्ट डा. रेखा मानन्धरले दिवसकै अवसरमा आम रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।