शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

निर्वाचन आयोगलाई ‘खड्गप्रसाद एण्ड कम्पनी’ भन्दै जसपा नेता भट्टराईले जनाए असन्तुष्टि


  • सोमबार, जेष्ठ ३१ २०७८
11.5K
SHARES

फाईल तस्बिर

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले निर्वाचन आयोगलाई ‘खड्गप्रसाद एण्ड कम्पनी’ को संज्ञा दिएका छन् ।

निर्वाचन आयोगले आइतबार जसपाको दुवै पक्षले गरेका कारबाहीको निर्णय अमान्य रहेको बताएपछि भट्टराईले ट्वीट गर्दै आयोग ओलीको इशारामा चलेकोझैँ आरोप लगाएका छन् ।

जसपाका एक अध्यक्ष महन्थ ठाकुर पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले एकअर्कालाई पार्टीबाट गरेको निष्कासन वैधानिक नभएको निर्यण आयोगले गरेकोमा उनले असन्तुष्टि जनाएका छन् ।

भट्टराईले ट्वीट गर्दै आफूहरुले चोरीको विरुद्धमा आयोगमा उजुरी दिएको तर चोरहरुले आफैँ प्रतिवाद गर्दै अर्को उजुरी दिएपछि आयोगले गलत निर्णय गरेको बताएका छन् ।

‘खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्र : कसैले चोर्‍यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू ! चोरलाई पनि मैले चोरेको हैन, उल्टै मुद्दा हाल्ने (वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू। मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गर्नू! वाह!’ उनले ट्वीटमा भनेका छन्।

भर्खर


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा