पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । ज्वरो र रगतमा हेमोग्लोविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।
अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।
यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।