युरोकपअन्तर्गत फिनल्यान्डविरुद्धको डेनमार्कको सुरुवाती खेलमा घाइते भएका क्रिस्टियन इक्सिन होशमा आए र उनको अवस्था ‘स्थिर’ बन्योे । उनी आसपास रहेकाहरूले निकै तीव्र रूपमा काम गरेका थिए । त्यही तीव्रताले पनि सायद यी मिडफिल्डरको ज्यान जोगाएको हुनसक्छ । इरिक्सनलाई सहयोग गर्न ती खेलाडी, स्वास्थ्यकर्मी र अधिकारीहरू कसरी अघि सरे रु यसबारे चर्चा गरौँ ।
पहिलो दृश्यमा सिमो क्येर र डेनमार्कका खेलाडीहरू छन् । थ्रो ई रिसिभ गर्न खोज्दा इरिक्सन ढलेपछि कोपेनहेगन पार्केन रङ्गशालमा काम्न थाल्यो ।डेनमार्कका कप्तान सिमोन क्येर दृश्यमा देखिएका पहिलो खेलाडी थिए । उनले इरिक्सनको एयरवेजलाई सफा गर्न खोजे । दुवै टोलीका खेलाडीहरूले हतार गर्न मेडिकल स्टाफलाई आग्रह गरे ।
उनलाई जोगाइयो तर त्रस्त अवस्थामा रहेका इरिक्सनका साथीहरू उनी वरपर घेरा हालेर बसे । खेल हेरेर बसेका १५ हजार २ सय समर्थक र टेलिभिजनमार्फत खेल हेर्ने दशौँ लाखसामु केही गोपनीयता रहोस् भन्ने उनीहरू चाहना थियो ।
धेरै खेलाडीहरूको आँखामा आँशु थियो । कोही प्रार्थना गरिरहेका थिए । इन्टर मिलानका २९ वर्षीय स्टारलाई अन्ततः स्ट्रेचरमा हालेर अस्पताल लगियो । जब इक्सिन होशमा आए भन्ने खबर प्राप्त भयो, त्यसपछि बल्ल खेल सुरु भयो र फिनल्यान्ड १–० ले विजयी भयो ।
तत्काल तीव्र रूपमा मेडिकल एटेन्सन दिइएकाले उनको ज्यान जोगिएको स्पोर्टस् कार्डियोलोजिस्ट प्रोफेसर सञ्जय शर्मा बताउँछन् । डेनमार्कका टिम डाक्टर मार्टिन बोसेनले खेल सकिएपछि पत्रकार सम्मेलनमा यो घटनाबारे बताए । ‘उनी पूरै बेहोश थिए,’ उनले भने, ‘म उनी भएको ठाउँ पुग्दासम्म उनले सास फेरिरहेका थिए, मैले पल्सको अनुभव गर्नसक्थेँ । तर अचानक त्यो परिवर्तन भयो र हामीले उनलाई सीपीआर दिन थाल्यौँ ।’
मेडिकल टिम र बाँकी स्टाफहरूको संयोजनका कारण उद्धार सम्भव भएको उनी बताउँछन् । मार्टिनका अनुसार अस्पताल लैजानुअघि नै इरिक्सनले उनीसँग कुराकानी गर्न थालिसकेका थिए ।
२०१२ मा बोल्ट वन्डरर्सका फाबराइस मुआम्बालाई खेलका दौरान कार्डियाक एरेस्ट भएको थियो । उनी पनि बाँच्न सफल भए तर फेरि खेल्न सकेनन् ।डेनिस खेलाडीहरूलाई दुईवटा विकल्प दिइएको थियो । राति नै खेल पूरा गर्ने वा अर्को दिन दिउँसो खेल्ने । इरिक्सन ठीक भए भन्ने सुनिसकेपछि खेलाडीहरूले त्यही रात खेल सक्ने निर्णय लिए ।
इरिक्सन ढलेको झन्डै दुई घण्टापछि खेल सुरु भयो । पहिलो हाफको बाँकी रहेको ५ मिनेट समयको खेल खेलेपछि ५ मिनेट ब्रेक दिइयो । त्यसपछि दोस्रो हाफ सुरु भयो ।डेनमार्कका प्रशिक्षक कास्पर हजुलमन्दले भने, ‘रातभर सुत्न नसक्ने र भोलिपल्ट फेरि खेल्नका लागि बस चढेर जाने कुरा खेलाडीले कल्पना गर्न सक्दैन थिए । त्यसैले त्यही रात खेलसक्नु सहज थियो ।’उनल थपे, ‘त्यो कठिन रात थियो । जीवनमा महत्त्वपूर्ण कुरा के हो भनेर हामी सबैलाई स्मरण भयो । हामीसँग निकट रहेका व्यक्ति, हाम्रो परिवार र साथीभाइसँगको निकट सम्बन्ध नै महत्त्वपूर्ण हो ।’
प्रशिक्षकका अनुसार खेलाडीहरू यस घटनापछि मानसिक रूपमा थकित थिए र उनीहरू इरिक्सनका लागि मनमनै प्रार्थना गरिरहेका थिए । उनका अनुसार टोलीका केही खेलाडी खेल्नसक्ने अवस्था थिए भने केही थिएनन् । तर पनि खेलाडीहरूले आफ्नातर्फबाट राम्रो गर्ने प्रयास गरेको उनी बताउँछन् ।
खेलमा उपस्थित भएकाहरू, चाहे ती डेनमार्कका समर्थक हुन्, चाहे फिनल्यान्ड वा तटस्थहरू । ती सबैजना समाचारका सुन्नका लागि रङ्गशालामा प्रतीक्षा गरेर बसिरहे, जबकि खेल सुरु नहोलाजस्तो लागिसकेको थियो ।
एउटा बिन्दुमा फिनल्यान्डका समर्थकहरूले ‘क्रिस्टियन’ र डेनमार्कका समर्थकहरूले ‘एरिक्सन’ भन्दै चिच्याए । खेल सुचारु भएपछि मैदानमा फर्किएका सबै खेलाडीहरूको सम्मान दर्शकहरू सिटबाट उठे । ‘अधिकांश दर्शकहरू रङ्गशालामा उठेका छन्,’ स्कटल्यान्डका पूर्व विङ्गर पाट नेभिनले बीबीसी रेडियो लाइभमा भने, ‘उनीहरू केही समाचार सुन्न आतुर थिए भन्ने देखिन्छ । जब पछिल्लो अपडेट सार्वजनिक भयो तब उनीहरू हर्षको आँशु झारेर राहतको सास फेरिरहेका थिए ।’
इङ्लिस रेफ्री एन्थोनी टेलरको पनि यो घटनामा ठूलो भूमिका थियो । म्यानचेस्टरका यी रेफ्रीले घटना हुनासाथ खेल स्थगित गरेर स्वास्थकर्मीलाई कुद्न इसारा गरे ।