शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

शेयर कारोबारमा चलखेल भएको पाइएपछि ‘एओएन’ बन्द गर्न निर्देशन


  • आइतबार, जेष्ठ ३० २०७८
12K
SHARES

फाइल तस्बिर

नेपाल धितोपत्र बोर्डले अनलाइनबाट शेयर कारोबार गर्न सकिने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा हुने ‘अल अर नन’ (एओेएन) को दुरुपयोग भएको पाएपछि बन्द गर्न निर्देशन दिएको छ ।

बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेन्जले नयाँ व्यवस्था लागू गर्दै आइतबारदेखि एओएन नै रोक्का गर्ने भएको हो । ठूला लगानीकर्ताहरुले टीएमएसमा कृत्रिम खरिद तथा बिक्री चाप देखाई चलखेल गर्ने गरेको बोर्डको निष्कर्ष छ ।

कृषिमा अर्डर देखाएर शेयर मूल्य घटबढ गराउन खोजिएको जस्तो देखिएकाले कारोबार सम्बन्धी विद्यमान व्यवस्थामा केही फेरबदल गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । उनका अनुसार नेप्सेलाई भोलिदेखि नै लागू हुने गरी निर्देशन दिइएको छ ।

टीएमएसमा एओएन भन्ने अप्सन रहेको हुन्छ । यो सिस्टम भनेको लगानीकर्तालाई चाहिए जति पाएमात्रै किन्न वा बेच्न सहज होस् भनेर बनाइएको सिस्टम हो ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले अहिलेको व्यवस्थाले सक्रिय र पुराना लगानीकर्ताहरु नझुक्किए पनि नयाँ लगानीकर्ताहरु भने झुक्किन सक्ने खतरा रहेकाले नयाँ व्यवस्था पछि केहि सहज हुने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा