काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञामा निधेषाज्ञा उल्लंघन गर्ने ६४२ सवारी साधन कारबाहीमा परेका छन् ।
आइतबार बिहान निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ६४२ ओटा सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । जसमा ५०६ दुई पाङग्रे सवारी, ११० ओटा चारपाङ्ग्रे सवारी, ६ ट्याक्सी र २० ठुला सवारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा पनि जारी छ ।
पछिल्लो पटक उपत्यकामा थप गरिएको निषेधाज्ञा जेष्ठ ३१ गतेसम्म कायम रहने छ । त्यसपछि पनि केही खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि थप्ने स्थानीय प्रशासनको तयारी छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।